निषेधाज्ञा खुकुलो हुन थालेपछि कोकाकोलाले महामारीबाट पुनः सुचारु हुनेक्रममा रहेका किरानालगायत खुद्रापसल सञ्चालकलाई सहयोग गर्ने योजना बनाएको छ । कम्पनीले पसल सञ्चालकहरूका लागि सुरक्षाका पहलहरू समावेश गर्दै खाद्य र पेय क्षेत्रहरूलाई पहिलेकै अवस्थामा रिकभर र फस्टाउन सहयोग गर्न लागेको हो ।
किराना स्टोरहरूको व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा कम्पनीले ह्वाट्स एपमार्फत दु्रत र सुविधाजनक अडरिङ सेवा सुरु गरेको जनाएको छ । यसले स्वचालित विक्रेता र वितरकलाई जोड्नमा सहयोग पुर्याउने जनाइएको छ । साथै, खुद्रा विक्रेताहरूले ह्वाट्स एपका माध्यमबाट वितरकहरूसँग सीधै अर्डर लिन सक्नेछन् । यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्याउने कम्पनीले विश्वास लिएको जनाएको छ । यो प्लेटफर्म अरू कम्युनिकेसन एप्लिकेसनजस्तै फेसबुक म्यासेन्जर र भाइबरमा पनि सम्भव बनाइने कम्पनीले जनाएको छ ।
कम्पनीको नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले गत वर्ष साना व्यवसायीका लागि व्यवसाय राम्रो नभएको बताउँदै यो पहलले खुद्रा विक्रेतालाई व्यापार छिटो रिकभर गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘यसले ग्राहकलाई सुरक्षित तरिकाले नजिकैको आउटलेटबाट किन्न प्रोत्साहित गरेर ग्राहकसँग बहुडिजिटल विकल्पसहित सम्पर्क राख्नेछ । सेलेक्ट मार्केटबाट सुरु गरिएका यी पहलहरूलाई हामी बिस्तारै विस्तार गर्नेछौँ ।’
कम्पनीका अनुसार यो पहलले काठमाडौंको रिटेल र किराना स्टोरहरूलाई समेट्नेछ । कोकाकोलाले हाइजिन र पिपिई किट वितरण गर्ने र एक हजारभन्दा बढी स्टोरहरूमा काउन्टर सिल्डको स्थापना गर्ने जनाएको छ । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कोकाकोलाले अर्थतन्त्र पुनरुत्थानलाई सहयोग गर्दै आएको छ र हाम्रा खुद्रा विक्रेतालाई सामान्य नेभिगेट गर्न मद्दत गर्ने हाम्रो जिम्मेवारी पनि हो ।’