योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल नियुक्त

शुक्रबार, ७ जेठ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरू डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई नियुक्त गरेको हो ।

पुनः नियुक्तिपश्चात् बिहीबार सिंहदरबारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथग्रहण गरेका हुन् । 

सुझावित समाचार