लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५:४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।
भूकम्पले बेसीसहर नगरपालिका- ६ चनौटेमा घर भत्किँदा उमा गुरुङ घाइते भएकी छिन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको छ ।
कोरोनाको डरमा बसेका मानिस भूकम्प गएपछि भुलभुले आसपास क्षेत्रका सर्वसाधारण थप त्रसित बनेका छन् ।