नेपाली युवा उद्यमी मञ्चद्वारा अक्सिजन सिलिन्डर प्रदान

मंगलबार, ४ जेठ, २०७८
डिजिटल संस्करण

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाई ४७ लिटर क्षमताका ४० वटा अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ । राष्ट्र पहिले र केही बनाऔँ भन्ने एनवाइइएफको मुख्य दुई मूल्य–मान्यताअनुसार सदस्यहरूको संयुक्त पहलअन्तर्गत अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ  ।

उक्त पहल २४ घन्टाभित्र नै सफल गराइएको मञ्चले जानकारी दिएको छ । उक्त कार्य एनवाइइएफ   राष्ट्रिय परिषद्, काठमाडौं च्याप्टर र काठमाडौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको जनाइएको छ । एनवाइइएफ सन् २००३ मा स्थापना भएको गैरनाफामुखी संस्था रहेको जनाइएको छ । यसमा सातै प्रदेशका ६ सयभन्दा बढी सदस्य आबद्ध भएको मञ्चले जनाएको छ । 

See More On

सुझावित समाचार