जिल्ला प्रशासन कार्यालय पर्साले सडकमा मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सुरु गरेको छ । छिमेकी मुलुक भारतमा तीव्र रूपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर सीमा जोडिएको पर्सामा परेपछि मास्क नलगाई हिँड्नेलाई प्रहरीले सोमबारदेखि जरिवाना गर्न थालेको हो ।
संक्रामक रोग ऐन, २०३० बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनअनुसार पर्सा प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरूले मास्क नलगाई हिँड्नेलाई कारबाही गर्ने कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
विनामास्क बजारमा भेटिएकाहरूलाई प्रहरीले समातेर एकपटकका लागि सय रुपैयाँ जरिवाना तिराउने तथा सम्झाइबुझाई मास्क नलगाई घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क वितरण गरी छोडेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
उनका अनुसार बिहानैदेखि प्रहरीले वीरगन्ज महानगरपालिकाको घन्टाघरचोक, माईस्थान, भानुचोक, रानीघाटलगायतका ठाउँमा मास्कविना हिँडेकाहरूलाई कारबाही गरेको छ । घन्टाघर, माईस्थान र श्रीपुरमा विनामास्क भेटिएका ८२ जनालाई प्रहरीले जनही सय रुपैयाँका दरले जरिवाना तिराएको छ ।
वीरगन्ज महानगरपलिकालगायतका अन्य सबै पालिकामा माइकिङ तथा जनचेतानामूलक कार्यक्रम पनि गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सामा मास्क नलगाउनेलाई कारबाही
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
१ हप्ता अघि
सुझावित समाचार
काठमाडौं वडा नम्बर १३ का वडाध्यक्षविरुद्ध किर्ते र ठगी मुद्दा दायर
काठमाडौं/ काठमाडौंको वडा नम्बर १३ का अध्यक्ष धुव्रनारायण मानन्धरविरुद्ध ठगी तथा लिखत किर्ते मुद्दा दायर भएको छ। काठमाडौंको ताहा…
बुढीगण्डकी बाढी : पाँचजना सम्पर्कविहीन, तीन जलविद्युत् आयोजनामा क्षति
काठमाडौं/ बुढीगण्डकी बाढीमा परेर पाँचजना सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजीकार्य जारी रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीक…
कपनमा प्रधानाध्यापकमाथि कुटपिट, दुईजना पक्राउ
काठमाडौं/ कपनमा विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट र शिक्षिकामाथि अभद्र व्यवहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। सुन…
विराटनगरमा मुख्यमन्त्री सम्मेलन : संघीयता कार्यान्वयन र अधिकार बाँडफाँट मुख्य एजेन्डा
विराटनगर/ संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान, प्रदेशको अधिकार बाँडफाँट, वित्तीय स्रोतको उपयोग र असल अभ्यासको आदानप्रदा…
बुढीगण्डकी बाढीबाट प्रभावित ४९ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन
गोरखा/ गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। नेपाली सेनाले ए…
बुढीगण्डकी बाढीपछि स्वास्थ्य सेवा तयारी अवस्थामा, आकस्मिक उपचारका लागि टोली परिचालनको तयारी
काठमाडौं/ गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदीमा आएको बाढीलाई मध्यनजर गर्दै सरकारले स्वास्थ्य क्षेत्रको प्रतिकार्यल…