उर्लाबारी नपालाई अशोक लेलैन्डको दमकल हस्तान्तरण

मंगलबार, १० चैत, २०७७
डिजिटल संस्करण

आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैन्डले उर्लाबारी नगरपालिकालाई सुविधासम्पन्न दमकल हस्तान्तरण गरेको छ । नेसनल फायर सेफ र आइएमई मोटर्सले नगरपालिकालाई दमकल हस्तान्तरण गरेको हो । 

आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशील राणा थापा तथा नेसनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले नगरपालिकाका प्रमुख खड्गबहादुर फागोलाई दमकल हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । 

हस्तान्तरण कार्यक्रममै नगरप्रमुख फागोले आगलागीका घटना हुनासाथ नगरपालिकाले नागरिकको धनजनको क्षति रोकथामका लागि दमकल उपयोगी सावित हुने बताए । सुविधासम्पन्न दमकल आफ्नो नगरपालिकामा पहिलोपटक खरिद गर्न पाउँदा खुसी लागेको उनको भनाइ थियो । 

सुझावित समाचार