नयाँ वर्षमा टिभिएसको अफर

मंगलबार, १० चैत, २०७७
डिजिटल संस्करण

नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस वा, वाह्, वाह् ग्राहक योजना ल्याएको छ । कम्पनीले वैशाख ३१ गतेसम्मका लागि यो अफर ल्याएको हो । 

योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटरकोे खरिदमा १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्टको व्यवस्थाका साथै शून्य प्रतिशत ब्याजदर भएको ‘वा’ अफर रहेको जनाइएको छ । साथै, योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधिमा टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्ये प्रत्येक १५ दिनमा १ जना भाग्यशाली ग्राहकलाई एउटा नयाँ टिभिएस अपाचे आरआर ३१० उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

योजनाअनुसार ‘वा’ बाट ‘वाह्’ हुँदै ‘वाह्ह्’का लागि एकजना भाग्यशाली ग्राहकलाई बम्पर उपहारस्वरूप स्ट्यान्डर्ड एमटी भर्जनको नयाँ प्रोटोन सागा प्रदान गरिने कम्पनीले जनाएको छ । योजना देशभरका सबै टिभिएस सोरुममा लागू हुने जनाइएको छ । 

कम्पनीले देशभरमा १ सयभन्दा बढी डिलरमार्फत मोटरसाइकल तथा स्कुटरहरू बिक्री तथा बिक्रीपछिको सेवा र जगेडा पार्टपुर्जा उपलब्ध गराउँदै आएको जनाएको छ । 

See More On

सुझावित समाचार