काठमाडौंको भृकुटीमण्डपमा यामाहा मोटरसाइकलको महा एक्सचेन्ज मेला सञ्चालन भएको छ । यामाहा नेपालले नेपाली ग्राहकका लागि सबैभन्दा उत्कृष्ट एफआई प्रविधिमा स्तरोन्नति गर्ने अवसर प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरेको हो ।
११ गतेसम्म सञ्चालन हुने मेलामा जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलका लागि प्रचलित बजार मूल्यमा १५ हजार रुपैयाँ थप मूल्यांकन गर्ने जनाएको छ ।
यसका साथै यामाहा बाइक तथा स्कुटरहरूको खरिदमा कम मासिक किस्ता, शून्य प्रतिशत ब्याजदर र कम डाउनपेमेन्टलगायतका विशिष्ट अफर रहेको जनाएको छ । मासिक किस्तामा लिन चाहनेका लागि ‘अन द स्पट फाइनान्सिङ’को सुविधासमेत उपलब्ध रहेको जनाइएको छ ।
मेलामा बाइक तथा स्कुटर खरिद गर्दा स्योर सट नगद छुटमा १० हजार रुपैयाँ र चलाउँदा लगाउने सामग्रीहरू जित्न सक्ने जनाइएको छ । त्यस्तै, टेस्ट राइड गर्ने भाग्यशाली विजेताहरूले हेलिकोप्टर यात्राको अवसर पनि पाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले अवलोकनर्तालाई निःशुल्क बाइक चेकअप र निःशुल्क सफाइको अफर पनि दिएको जनाएको छ ।
यो अफर जुनसुकै ब्रान्डका बाइकका लागि खुला गरिएको जनाइएको छ । महामेलाका थप आकर्षणहरूमा राइडिङ प्रतियोगिता, डोर पुरस्कारहरू, दैनिक क्विजहरू र अवलोकनमा आउनेलाई नेपाली मनोरञ्जन क्षेत्रका धेरै चर्चित हस्तीहरूसँग भेट गर्ने अवसर पनि प्रदान गर्ने कम्पनीले जनाएको छ । अवलोकनकर्ताले एक्सचेन्ज मेलामा प्रदर्शनीका लागि राखिएका सुपर बाइकहरू पनि हेर्न पाउने जनाइएको छ ।
यामाहा मोटर्सका सिइओ चिरञ्जीवी शाहले यो मेला बाइकधनीहरूका लागि एफआई इन्जिन बाइकमा स्तरोन्नति गर्ने र आफ्नो स्वामित्वको बाइक तथा स्कुटरहरूको उत्कृष्ट मूल्य प्राप्त गर्ने स्वर्णिम अवसर भएको बताए ।