पशुपति आर्यघाटमा दाहसंस्कारका लागि दाउरा किन्नुपर्ने बाध्यता अन्त्य गर्छु : मन्त्री आले (भिडियोसहित)

सोमबार, १७ फागुन, २०७७
डिजिटल संस्करण

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाहसंस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघले सोमबार आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक दुईदिने राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै आलेले पशुपति आर्यघाटमा दाहसंस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै वन तथा वातावरण मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने बताएका हुन् । 

उनले भने, ‘कम्तीमा पनि पशुपति आर्यघाटमा १२–१५ हजार तिरेर दाहसंस्कार गर्न दाउरा किन्नुपर्ने अवस्था अन्त्य गर्दै छौँ ।’

आलेले खुला चिडियाखानाको अवधारणा अगाडि बढाएको पनि बताए । कम्तीमा ३५ जिल्लामा यो कार्यक्रम अगाडि बढाउन मन्त्रालयले छलफल गरिरहेको उनले बताए । 

उनले प्रधानमन्त्री जडीबुटी तथा कृषि वन रोजगार कार्यक्रम मन्त्रालयले अगाडि बढाएको पनि बताए । कम्तीमा सात जिल्लाबाट जडीबुटी उत्पादनको पकेट क्षेत्रको रूपमा कार्यक्रम अगाडि बढाउने उनले जानकारी दिए ।

सुझावित समाचार