प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओली चुनाव र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादलगायत विषयमा छलफल गर्न आज निर्वाचन आयोगमा जाने भएका छन्। निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आयोगको तयारी र पार्टी विभाजनको विवादवारे प्रधानमन्त्रीसँग आयोगले छलफल गर्ने भएको हो।

सरकारले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा निर्वाचन आचारसंहिता र दल दर्ताकाे विषयमा छलफल गर्न प्रधानमन्त्रीलाई आयोग बोलाइएको स्रोतले जनाएको छ ।आयोगले यसअघि विभाजित नेकपाका दुवै अध्यक्षलाई पार्टी विवाद र दल दर्ताको विषयमा छलफलका लागि बोलाएको थियो ।

प्रचण्ड-माधव नेपाल पक्षले दुवै अध्यक्ष काठमाडौंबाहिर भएको  र उपस्थित हुन नसक्ने भन्दै प्रतिनिधिमार्फत पत्र पठाएको थियो। ओली पक्षले पनि आफ्ना प्रतिनिधि मात्रै पठाएको थियो। त्यसपछि प्रचण्ड र नेपाल पार्टीको आधिकारिकता दाबी गर्न आयोग पुगेका थिए।

‘निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा हामीले प्रधानमन्त्रीलाई भेट्न जान मिल्दैन। त्यसैले छलफलका लागि समय माग गरेपछि उहाँ आउने कुरा भएको हो,’ आयोग स्रोतले भन्यो, ‘११ बजे आइपुग्नुहुन्छ भन्ने सूचना आएको छ।’

स्रोतका आनुसार आयोगले बिहीबारसम्म सर्वदलीय बैठक बस्ने तयारीसमेत थालेको छ।

सुझावित समाचार