आमहडतालमा पेसा, व्यवसाय निर्धक्क सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह

बुधबार, २१ माघ, २०७७
डिजिटल संस्करण

गृह मन्त्रालयले उद्योगधन्दा, पेसा, व्यवसाय पूर्ववत् रूपमा निर्धक्क भएर सञ्चालन गर्न आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधबार विज्ञप्ति निकालेर दैनिक रूपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा–अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने बताएका छन् । 

तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेका पाइए त्यस्ता गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ । 

यस्तो छ गृह मन्त्रालयको विज्ञप्ति

सुझावित समाचार