नेकपाका दुवै समूह निर्वाचन आयोग जाँदै : ओली समूहको टुंगो लाग्यो, प्रचण्ड-माधवको छलफल हुँदै

शुक्रबार, १६ माघ, २०७७
डिजिटल संस्करण

निर्वाचन आयोगले दलसम्बन्धी विवाद छलफलका लागि बोलाएकामा नेकपाका दुवै समूह आयोगमा जाने भएका छन् । अध्यक्ष स्वयं वा अध्यक्षले पठाएको प्रतिनिधि उपस्थित हुन आयोगले पत्र पठाएको थियो ।

प्रचण्ड–माधव समूहबाट लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोग जाने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले बाँकी दुईजना को जाने भन्ने टुंगो लागिनसकेको बताए ।

त्यस्तै, केपी ओली समूहबाट सुवास नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ, विमला राई पौडेल, रामेश्वर फुँयाल, विष्णु पौडेल र दुईजना विज्ञ रमेश बडाल र बाबुराम दाहाल आयोग जाँदै छन्। नेम्वाङले आफू आयोग जाने तयारीमा रहेको नयाँ पत्रिकालाई बताए ।

सुझावित समाचार