भारतको गाजियाबाद मुरादनगरस्थित आर्यघाटको छानो भत्किँदा २१ जनाको मृत्यु भएको छ भने केही व्यक्ति पुरिएको आशंका छ । आइतबार साँझ वर्षा भइरहेको वेला त्यहाँ धेरै मानिस ओत लागेर बसेका थिए । त्यही वेला छानो भत्किएको थियो ।
मुरादनगर प्रहरीका अनुसार ३८ जनाको उद्धार गरिएको छ । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।
युपीका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाले दुःखी बनाएको बताउँदै तत्काल उद्धार तथा राहतमा खट्न निर्देशन दिएको जानकारी दिएका छन् । यस्तै रक्षामन्त्री राजनाथ सिंहले पनि घटनाले दुःखी बनाएको बताएका छन् ।