सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजी बढुवामा सिफारिस

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलका ६ जना एसएसपीको डिआइजी बढुवामा सिफारिस भएको छ । बिहीबार बसेको बढुवा सिफारिस समितिले कमल गिरी, गणेश ठाडामगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदीलाई बढुवा सिफारिस गरेको हो । 

सशस्त्रमा डिआइजीका सात दरबन्दी रिक्त रहेकोमा ६ जनाले मात्र बढुवाका लागि फर्म भरेको स्रोत बताउँछ । 

३० वर्षे सेवाहदसम्बन्धी प्रावधान कायमै रहेमा सशस्त्र प्रहरीमा उनीहरूमध्येबाटै एक पछि संगठनको नेतृत्वमा पुग्नेछन् ।

सुझावित समाचार