पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान

आइतबार, १२ पुष, २०७७
डिजिटल संस्करण

पुस १७ गते ४ बजेका लागि राष्ट्रिय सभाको बैठक बोलाइएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वानको पत्र संसद् सचिवालयमा पठाएपछि पुस १७ गते ४ बजेका लागि राष्ट्रिय सभाको बैठक बोलाइएको हो । 

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियाे ।

सुझावित समाचार