नेकपा प्रचण्ड–नेपाल समूहले दुई सय ९७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित नेकपाको आधकिारिक पक्ष आफूहरू रहेको दाबी पेस गरेको छ ।
नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरूले आयोगको कार्यालय पुगेर पत्र बुझाएका हुन् ।
पत्रमा दुई सय ९७ जना केन्द्रीय सदस्यहरूको हस्ताक्षर रहेको प्रचण्डको सचिवालय सदस्य गंगा दाहालले जानकारी दिइन् ।

तस्वीर साैजन्य : गंगा दाहाल
आयोगमा नेकपाको बहुमत सदस्यहरूको समर्थन रहेकाले आफूहरू नै आधिकारिक नेकपाको धार रहेको दाबी यस पक्षले गरेको छ ।
यसअघि नेकपाको ओली पक्षले पनि आयोगमा बहुमत केन्द्रीय सदस्यहरूको सहभागिता रहेको भन्दै आधिकारिकता दाबी गरी पत्राचार गरिसकेको छ ।
अब निर्वाचन आयोगले यसको आधिकारिकता निर्णय गर्नेछ ।