नेकपा प्रचण्ड-नेपाल समूहद्वारा देशव्यापी प्रदर्शनको घोषणा

बिहिबार, ९ पुष, २०७७
डिजिटल संस्करण

नेकपाको प्रचण्ड–नेपाल समूहले पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ । 

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले  प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा औपचारिकरुपमा नै दुई पक्षमा विभाजित भएको छ । प्रचण्ड–नेपाल समूहले संदद् विघटनको विरोधमा सर्वोच्चमा निवेदन समेत दिएको छ । 

आज जारी केन्द्रीय कमिटीको बैठकले संगठनात्मक र राजनीतिक कार्ययोजनामाथि छलफल गर्दै पुष १४ गते देशव्यापी प्रदर्शनमा उत्रिने निर्णय गरेको हो । 

‘भोली शुक्रबार केन्द्रीय कमिटीका सबै सदस्यहरु निर्वाचन आयोग र सर्वोच्च अदालत जाने कार्यक्रम तय भएको छ’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, त्यसलगत्तै सबैलाई आफ्नो कार्यक्षेत्रमा जाने, संसद विघटनको विरुद्ध कार्यकर्ता र जनतामाझ प्रष्ट पार्ने र पुष १४ का दिन विशाल प्रदर्शनको तयारी गर्ने निर्णय भएको छ ।’

सुझावित समाचार