प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक १ बजे बस्ने

बिहिबार, ९ पुष, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीकाे बैठक दिउँसो १ बजेका लागि सरेको छ।

केन्द्रीय कमिटी बैठकअघि नेकपाको प्रचण्ड–नेपाल समूहका शीर्ष नेता छलफलमा जुटेका छन् ।

नेकपाको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठबीच पार्टी महासचिव तथा भावी रणनीतिका विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ । 

यसअघि ११ बजेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक नेताहरूबीचको छलफल नसकिएपछि १ बजेका लागि सारिएको छ ।

आजको बैठकले पार्टी महासचिव चयन गर्ने र प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ । 

महासचिवका लागि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, भीम रावल, वर्षमान पुनलगायतको चर्चा छ । 

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटीको बैठक पनि १ बजे नै बालुवाटारमा बस्दै छ । 

सुझावित समाचार