ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु

मंगलबार, ७ पुष, २०७७
डिजिटल संस्करण
ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु

तस्बिर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समूहको केन्द्रीय कमिटीकाे बैठक बालुवाटारमा सुरु भएको छ । 

बालुवाटारकाे बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल सहभागी भएका छैनन् । स्रोतका अनुसार बादल आफूनिकट नेताहरूसँग परामर्शमा छन् ।

आज बिहान मात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुल्चोकस्थित उनको निवासमा पुगेका थिए । 

उपाध्यक्ष वामदेव गाैतम यसअघि नै आफू एकताको पक्षमा भएकोले पार्टी फुटको साक्षी बन्न कुनै गुटमा नजाने घोषणा गरेका छन् । 

यस्तै, ओली समूहकाे बैठकमा पूर्वमाओवादीनिकट मानिएका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा सहभागी भएका छन् । 

ओली समूहले बिहान ९ बजे बालुवाटारमा र प्रचण्ड-नेपाल समूहले दिउँसो १ बजे बबरमहलस्थित कार्की बेंक्वेटमा केन्द्रीय कमिटीको भेला बोलाएका छन् । 

प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहले एकले अर्कोलाई अनुशासनको कारबाही गर्ने उद्देश्यले मंगलबार केन्द्रीय कमिटीको भेला आह्वान गरेका हुन्। 

सुझावित समाचार