नेकपाको प्रचण्ड–नेपाल पक्षको भेला अझै सुरु भएको छैन । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल भेलास्थल नयाँ बानेश्वर पुगेर प्रधानमन्त्रीको संसद् विघटनविरुद्ध चाल्न सकिने कानुनी बाटोबारे छलफल भइरहेको छ ।
दुई नेताले आफ्ना पक्षका विघटित संसद्का सांसदहरूसँग कानुनी उपचारका लागि अदालत जानेबारेमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
साथै यसबारेमा संसद् रहँदासम्मको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि छलफल गर्नेतर्फ वातावरण बनाउने प्रयास भइरहेको स्रोतले जनाएको छ ।