सरकारले संसद् विघटन गर्ने निर्णय गरेर राष्ट्रपतिले विघटनको सदर गरेसँगै नेकपाका पूर्वमाओवादी समूहका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् ।
त्यसमा गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट भने राजीनामा दिनेमा सहभागी छैनन् ।
राजीनामा दिने मन्त्रीहरूमा ऊर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री विना मगर, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव रहेका छन् ।
त्यसैगरी कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री याेगेश भट्टराईले पनि सामुहिक रुपमा नै राजिनामा दिने टुंगाे भएकाे स्राेतले जनाएकाे छ ।
उनीहरूले केहीबेरमा सिंहदरबारस्थित विकास समितिको हलमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामाकाे घोषणा गर्न लागेको स्रोतले जनाएको छ ।