नेता बाबुराम भट्टराईले वर्तमान राप र प्रधानमन्त्रीको टिम रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहने बताएका छन् ।
राष्ट्रपतिले संसद् विघटन गरेपछि भट्टराईले यस्तो आरोप लगाएका हुन् ।
भट्टराईले ट्विटरमा भनेका छन्, ‘पहिल्यै साख गुमाइसकेको राष्ट्रपति संस्थाले यस्तै ‘जो रक्षक उही भक्षक’को भूमिका निर्वाह गर्नु के आश्चर्य भयो र ? वर्तमान राप र प्रधानमन्त्रीको टिम रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहनेछ भनेर हामीले भन्दै आएको कुरा पुनर्पुष्टि भएको छ । प्रतिगमनका अरू शृंखला क्रमशः उद्घाटित हुन सक्छन् । प्रतिरोध गरौँ ।’