नेकपाको स्थायी कमिटी बैठक अझै सुरु हुन सकेन, दुई अध्यक्षसहित पाँच नेता छलफलमा

बुधबार, १ पुष, २०७७
डिजिटल संस्करण

आज दिउँसो १ बजे बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठक अझै सुरु हुन सकेको छैन । 

बैठक कसरी आरम्भ गर्ने भन्नेबारे पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डसहित महासचिव विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल र शंकर पोखरेलले छलफल गरिरहेको स्रोतले जनाएको छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा चलिरहेको यस छलफलमा स्थायी कमिटी बैठकलाई अब कसरी लैजाने भन्नेबारेमा छलफल भइरहेको जनाइएको छ । 

स्थायी कमिटीका अन्य सदस्यहरू भने बेग्लै हलमा बैठककाे प्रतीक्षामा रहेका छन् । 

सुझावित समाचार