जनार्दन शर्मा भन्छन्- अध्यादेश फिर्ता गर

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गरेका छन् । उनले अध्यादेशलाई सत्ता  स्वार्थको  परकाष्ठा भनेका छन् । 

मंगलबार अध्यादेश जारी भएपछ ट्विट गर्दै शर्माले भनेका छन्-
फेरि अध्यादेश ! सत्ता  स्वार्थको  परकाष्ठा किन  ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटोबाहेक केही हुन सक्दैन । हतास मनस्थितिबाट मुक्त होऔँ ! अध्यादेश फिर्ता गर ।

सुझावित समाचार