अहिलेकाे व्यवस्था र सरकारविरोधी गतिविधि मृगतृष्णा मात्रै : गृहमन्त्री

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण
अहिलेकाे व्यवस्था र सरकारविरोधी गतिविधि मृगतृष्णा मात्रै : गृहमन्त्री

फाइल फाेटाे

गृहमन्त्री रामबहादुर थापा बादलले अहिलेको व्यवस्था र सरकारविरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताएका छन् ।

प्रेस संगठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड– १९ ले उत्पन्न गरेको संकटबाट संविधानविरोधी शक्ति व्यवस्था  र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि  तिनको सपना पूरा नहुने स्पष्ट पारे ।

नेपाली जनताले उनीहरूको सपना कदापि पूरा हुन नदिने उनको भनाइ थियो । नेकपाका सचिवालय सदस्यसमेत रहेका बादलले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताए । उनले भने, ‘यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ ।’

उनले अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । 

सुझावित समाचार