आफ्नै दलभित्रको किचलो उच्चतम स्तरमा पुगेका वेला प्रधानमन्त्री केपी ओलीले अकस्मात् सर्वदलीय बैठक बोलाउन लागेका छन् ।
प्रधानमन्त्री ओलीले अहिलेको बदलिँदो परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउन लागेको स्रोतले जनाएको छ ।
सम्भवतः भोलि मंगलबार सर्वदलीय बैठक बोलाउने सम्भावना रहेको स्रोतले जनाएको छ ।
बैठक बोलाउनेबारे प्रधानमन्त्री अन्तिम तयारीमा रहेको स्रोतको भनाइ छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र सत्ता–संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागी नभएका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्रीले के विषयमा छलफल गर्नका लागि यो बैठक डाक्न लागेको भन्ने अझै यकिन भने हुन सकेको छैन ।
तर, अहिलेको बदलिँदो परिस्थिति र समसामयिक विषयमा छलफल हुने स्राेतले जनाएको छ । खासगरी पछिल्ला दिनमा सडकमा देखिएको प्रदर्शनका विषयमा दलहरूको साझा धारणा बुझ्नका लागि बैठक डाकिन लागेको स्रोतको भनाइ छ ।