आज बस्न लागेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकअधि लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा नेता शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गुटगत हिसाबले मात्र चलेको गम्भीर आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फसबुकमा लेख्दै उनले पार्टीमा देखिएको समस्यामा एकजना अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामा माग्नु गुटगत मानसिकताबाट ग्रसित भएको जनाएका हुन् ।
उनले यस्तो मानसिकतालाई पार्टी एकताविरोधी कार्य पनि भनेका छन् ।
उनले लेखेका छन्, ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामाको माग गर्नु पार्टी एकताविरोधी मानसिकता हो ।’
मुख्यमन्त्री पोखरेल प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीनजिकका नेता मानिन्छन् ।