आफ्नो बिमाबाट मन्त्री भट्टराईले गरे तीन सय विपन्न नागरिकको कोरोना बिमा

बुधबार, १० मंसिर, २०७७
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बिमाबापतको (१ लाख रुपैयाँ) रकम विपन्न नागरिकको कोरोना बिमाका लागि खर्च गरेका छन् ।

मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार उनी कोरोना संक्रमणबाट मुक्त भएपछि बिमाबापत एक लाख रुपैयाँ प्राप्त गरेका थिए । 

उक्त रकमबाट मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङका तीन सय न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरको कोरोना बिमा गर्न खर्च गरेका हुन्।

साथै मन्त्री भट्टराईले आफ्नो तलबभत्ताबाट ताप्लेजुङ स्थायी ठेगाना भएका कुल १२ सय ७६ जनाको कोरोना बिमा गराइदिएका छन् । यसरी मन्त्री भट्टराईले कुल १५ सय ७६ जना नागरिकको कोरोना बिमा आफ्नो खर्चबाट गराइदिएको उनको सचिवालयले जनाएको छ । 

सुझावित समाचार