नेकपा सचिवालय बैठक : अध्यक्ष ओलीद्वारा राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने जानकारी, दश दिनपछि पुनः बैठक बस्ने

बुधबार, ३ मंसिर, २०७७
डिजिटल संस्करण

निकै रस्साकस्सीपछि बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक दश दिनपछि बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै डेढ घन्टा बसेको बैठकमा अध्यक्ष एवं अध्यक्ष केपी ओलीले आफ्नै बेग्लै राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने जानकारी गराएका छन् ।

यसअघि अर्काे अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफ्नो मत पार्टीमा राखिसकेका छन् । 

सचिवालयको अर्काे बैठक आउँदो १३ गते बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

यसअघि यही १८ मंसिरमा स्थायी समिति बैठक बस्ने उनले बताए । 

साथै २५ मंसिरमा केन्द्रीय समितिको बैठक बस्ने पनि उनले जानकारी दिए ।

सुझावित समाचार