बाजुरामा भिर लडेर एकको मृत्यु

सोमबार, १ मंसिर, २०७७
डिजिटल संस्करण

बाजुराकाे बडिमालिका नगरपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बडिमालिका नगरपालिका– ९ का शेरबहादुर बडुवाल रहेको स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार आइतबार राति १० बजे अत्यधिक मदिरा सेवन गरी राप्कबजारबाट घर जान हिँडेका उनी भिरबाट लडेका हुन् । 

सोमबार बिहान बाटोमा शेरबहादुरका सामान, मोबाइल, झोला र टोपी फेला परेपछि उनको खोजी भएको थियो ।  भिरमा खोज्ने क्रममा उनी मृत अवस्थामा फेला परेका थिए। 

See More On

सुझावित समाचार