फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ जना बेपत्ता

सोमबार, १ मंसिर, २०७७
डिजिटल संस्करण

फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

यसै साता आएको आँधीबाट १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका प्रकोप व्यवस्थापन विभागले जनाएको छ ।

अधिकारीहरुले आँधीमा हराएका व्यक्तिको खोजी जारी रहेको पनि बताएका छन् । आँधीले पुऱ्याएको क्षतिस्वरूप राहत वितरण र उद्धार जारी रहेको बताएका छन् ।

सुझावित समाचार