प्रचण्ड बाहिरिएपछि ओलीसहित सचिवालयका ६ नेताको अनौपचारिक छलफल

शुक्रबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण

नेकपा सचिवालयको औपचारिक बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी ओलीले ६ शीर्ष नेताको अलग्गै अनौपचारिक छलफल राखेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ औपचारिक बैठकबाट बाहिरिएलगत्तै ओलीले बाँकी नेताहरूसँग केहीबेर छलफल गरेका हुन् । 

ओलीले केहीबेर कुराकानी रहेको बताएपछि वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यद्वय रामबहादुर थापा ‘बादल’ र ईश्वर पोखरेल तथा महासचिव विष्णु पौडेल अलग्गै छलफलमा बसेका थिए । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ६ नेताहरूलाई केहीबेर अनौपचारिक छलफलका लागि बस्न सूचित गरेपछि केहीबेर अलग्गै कुराकानी भएको हो ।

उपाध्यक्ष गौतमका स्वकीय सचिव दीपक टमटाले नेता गौतम केहीबेरको अनौपचारिक छलफलमा सहभागी भएर बाहिरिएको बताए । ‘जरुरी काम परेकाले केहीबेर बसेर उहाँ बाहिरिनुभएको हो,’ टमटाले भने ।

सुझावित समाचार