बैतडीको पाटनमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दशरथचन्द राजमार्गअन्तर्गतको पाटन नगरपालिका– ४ को जोलाबाजमा पाटनबाट सत्बाजतर्फ जाँदै गरेको लु.४प ६१७१ नम्बरको ट्याक्टर दुर्घटनामा चालक खेमराज ढकालको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
उनी बर्दियाको बारबर्दिया नगरपालिका– ८ निवासी हुन् । ट्याक्टरमा चालक एक्लै सवार रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी सहायक निरीक्षक चन्द्र गिरीले जानकारी दिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।