जापानमा ६.२ म्याग्निच्युडको भूकम्प

शनिबार, २२ कार्तिक, २०७७
डिजिटल संस्करण

जापानमा शनिबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झन्डै ६ सय माइल दक्षिणपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 

जापानको भूगर्भ विभागले दिएको जानकारीअनुसार करिब १० किलोमिटर गहिराइबाट कम्पन भएको थियो । विभागका अधिकारीले भूकम्पपछि कुनै आँधीको खतरा नरहेको जानकारी दिएका छन् । सरकारी अधिकारीहरूको भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भइनसकेको पनि स्पष्ट पारेका छन् । 

जापान धेरै भूकम्प आउने देश हो । बर्सेनि दर्जनौँपटक भूकम्प आउने गर्छ भने कतिपय शक्तिशाली भूकम्पले मानवीय तथा भौतिक क्षतिसमेत गर्ने गरेको छ । सन् २०११ मा आएको ९ म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको आँधीका कारण जापानमा कम्तीमा १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने धेरै भौतिक संरचनामा क्षति भएको थियो ।
 

सुझावित समाचार