कोरोना संक्रमित मन्त्री शाहलाई थप उपचारका लागि काठमाडौं लगियो

शनिबार, २२ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमण पुष्टि भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । 

स्वास्थ्यमा असहजता आएपछि मन्त्री शाहलाई सिम्रिक एयरको हेलिकाेप्टरबाट शुक्रबार काठमाडौं लगिएको हो ।

गत साता उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि होम आइसोलेसनमा रहेका मन्त्री शाहको नाकबाट रगत बग्ने समस्या देखिएपछि बिहीबार सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । त्यहाँ परीक्षणपछि उनी बिहीबार नै होम आइसोलेसनमा फर्केका थिए ।  

रक्तश्राव रोकिए पनि ज्वरो आइरहेकाले थप उपचारका लागि काठमाडौं लगिएको मन्त्री शाहको स्वकीय सचिव जंग विकले बताए । मन्त्री शाहलाई शिक्षण अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । 
 

See More On

सुझावित समाचार