छेडागाड नगरपालिका– ६ का ४ वर्षीय बालक सुवास न्यौपानेको काठले च्यापिएर मृत्यु भएको छ ।
काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगन्ज लिँदै गर्दा छेडागाड नगरपालिका– ५, बडाबनमा बिहीबार बिहान मृत्यु भएको हो ।
समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो । नजिक स्वास्थ्य संस्था नहुँदा बुधबार घाइते बालकको आज मृत्यु भएको हो ।