विशेष अदालतका मुख्य न्यायाधीशसहितले लिए शपथ

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

विशेष अदालतका नवनियुक्त न्यायाधीशले शपथ लिएका छन् । साथै उनले आजैदेखि पदभार ग्रहणसमेत गरेका छन् । 

बुधबार एक कार्यक्रमबीच विशेष अदालतका मुख्य न्यायाधीश प्रेमराज कार्की एवं सदस्यहरू अब्दुलअजिज मुसलमान र नित्यानन्द पाण्डेयलाई शपथग्रहण गराइएको हो । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उनीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । 

नवनियुक्त तीनै न्यायाधीशले आजैबाट मुद्दा हेर्न सुरु गरेका छन् । 

२८ असोजमा न्यायपरिषद्ले उनीहरूलाई विशेष अदालतमा ल्याउने निर्णय गरेको थियो । 

यसअघि कार्कीका स्थानमा शिवराज अधिकारी र सदस्यहरू रवि शर्मा अर्याल तथा कृष्ण गिरी विशेषको सदस्यका रूपमा थिए ।

सुझावित समाचार