मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट

सोमबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले विभिन्न व्यावसायिक संस्थाका सेवामा छुट पाउने सम्झौता गरेको छ । बैंकले डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो । 

ग्राहकले ब्लुक्रस अस्पतालको स्वास्थ्य सेवा र धुलिखेल माउन्टेन रिसोर्टमा १० प्रतिशत छुट पाउने सम्झौता भएको बैंकले जनाएको छ । त्यस्तै, नगरकोटको स्तुपा रिसोर्ट, खोटाङको जम्बाला रिसोर्ट, काठमाडौं, पोखरा र चितवनका ल्यान्डमार्क होटेल तथा काठमाडौंको ओडान ग्रुप अफ कम्पनीको रेस्टुरेन्टमा १५ प्रतिशत छुट पाउने सम्झौता गरिएको जनाइएको छ । त्यस्तै, काठमाडौंको देव कर्नर ज्वेलरीमा गरगहनासम्बन्धी सेवामा ३० प्रतिशतसम्म छुट पाउने सम्झौता पनि भएको बैंकले जनाएको छ । 

विभिन्न संस्थासँग हातेमालो गर्दै कोभिड–१९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार बढाउने कार्यमा  यस्ता सम्झौताले थप प्रोत्साहन गर्ने अपेक्षा लिएको बैंकले जनाएको छ । 

सुझावित समाचार