उपराष्ट्रपतिको चाडपर्व खर्च कोरोना कोषमा

बुधबार, ५ कार्तिक, २०७७
डिजिटल संस्करण

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले चालू आर्थिक वर्ष (०७७/७८) का लागि प्राप्त चाडपर्व खर्चबापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई प्रदान गरेका छन् ।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बुधबार प्रेस नोट जारी गरी कोरोना कोषमा रकम प्रदान गरिएको जानकारी दिएका हुन् । 

उपराष्ट्रपतिले यसअघि एक महिनाको पारिश्रमिक कोरोना कोषमा जम्मा गरेका थिए । 
 

सुझावित समाचार