जिल्ला प्रशासन कार्यालय गोरखाको अत्यावश्यकबाहेकका सेवा बन्द

मंगलबार, ४ कार्तिक, २०७७
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय गोरखाले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरेको छ । 
कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै मंगलबारबाट सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । 

आइतबार सूचना जारी गर्दै कात्तिक ४ गतेदेखि ६ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । 

कार्यालयमा सेवाग्राहीको चाप बढेका कारण संक्रमणको जोखिम बढ्दै गएकाले नियमति सेवा बन्द गर्ने निर्णय गरिएको भट्टराईले जानकारी दिए । 

तर, जिल्ला प्रशासन कार्यालय आडैमा रहेको जिल्ला अदालत र मालपोत कार्यालय भने खुला छन् । 

सुझावित समाचार