सिटिजन्स बैंकले तिनाउ मिसन प्राप्ति गर्ने

आइतबार, १ कार्तिक, २०७७
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनलले बुटवल प्रधान कार्यालय भएको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । शनिबार बुटवलमा भएको प्राप्तिसम्बन्धी सम्झौतामा सिटिजन्सका तर्फबाट सञ्चालक तथा मर्जर कमिटीका संयोजक प्रबलजंग पाण्डे तथा तिनाउका तर्फबाट पनि मर्जर कमिटीका संयोजक राजेन्द्रप्रसाद वझाले हस्ताक्षर गरेका  छन् ।

प्राप्तिका लागि सेयरको स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (डिडिए)पछि तय गरिने सम्झौतासमेत भएको छ । हाल सिटिजन्सको चुक्ता पुँजी ९ अर्ब ८ करोड तथा तिनाउ बैंकको १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । मर्जरपछि सिटिजन्सको चुक्ता पुँजी १० अर्ब ८९ करोड पुग्नेछ ।

त्यस्तै, मर्जरपछि बैंकको निक्षेप १ खर्ब १५ अर्ब तथा ऋण ९८ अर्ब रुपैयाँ पुग्नेछ । मर्जरपछि बैंकको कुल शाखा संख्या १ सय ६४ पुग्ने सिटिजन्सले जनाएको छ । हाल सिटिजन्स बैंकका देशभर १ सय ११ शाखा, ९९ एटिएम, १ सय ४ शाखारहित बैंकिङ तथा साढे ६ लाख ग्राहक छन् । 

सुझावित समाचार