टिभिएसको नयाँ आरटिआर १६० सार्वजनिक

मंगलबार, २६ असोज, २०७७
डिजिटल संस्करण

टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे आरटिआर १६० फोर भीमा एबिएस र स्मार्ट कनेक्ट फिचर थप गर्दै बजारमा ल्याएको छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब भने स्मार्ट कनेक्ट र एबिएस थप भएर आएको हो ।

टिभिएस अपाचे आरटिआर १६० फोर भी नेपालमा निकै सफल मोडलका रूपमा बिक्री हुँदै आएको कम्पनीले जनाएको छ । योसँगै अपाचे आरटिआर १६० फोर भीको ५ भेरियन्ट पुगेको जनाइएको छ । नयाँ मोटरसाइकल सार्वजनिक गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट दीपककुमार अग्रवालले ग्राहकको चाहना र बजेटअनुसारको मोटरसाइकल ल्याएको बताए । 

 विशेषता
१६० फोर भीमा १५९.७ सिसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १६.५ पिएस पावर ८००० आरपिएममा र १४.८ एनएम टर्क ६५०० आरपिएममा उत्पादन गर्ने जनाइएको छ । यसमा टप स्पिड १ सय १३ किलोमिटर प्रतिघन्टाका साथै ६० किलोमिटर प्रतिघन्टाको रफ्तार लिन ४.७३ सेकेन्ड मात्र लाग्ने कम्पनीको दाबी छ । 

यस्तै, यसमा रहेको ट्रिप मोडले चालकले लामो यात्रा गर्दा पार गरेको दूरी, प्रयोग गरेको रुटलगायतका धेरै सूचना राख्न मद्दत गर्ने जनाइएको छ । कम्पनीले यसमा ‘की फिचर’का रूपमा क्र्यास अलर्ट फिचर दिएको जनाएको छ ।

कुनै पनि अवस्थामा मोटरसाइकल दुर्घटनामा पर्दा उक्त फिचरमार्फत लोकेसनसहितको दुर्घटनाको सूचना अर्को राइडरलाई नोटिफिकेसन जाने जनाइएको छ । यसका साथै नजिकको अस्पतालको लोकेसनसमेत यसमा देखिने कम्पनीले जनाएको छ । यसमा यात्राका क्रममा बाटोमा इन्धन सकिएमा उक्त बटन दबाएर नजिक रहेको पेट्रोलपम्पको लोकेसन पाउन सकिने जनाइएको छ ।

नयाँ सार्वजनिक भएको एबिएस र स्मार्ट कनेक्टसहितको आरटिआर १६० फोर भीको मूल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ तोकिएको छ । कनेक्ट फिचर मात्र उपलब्ध मोटरसाइकलको मूल्य २ लाख ९४ हजार ९ सय रुपैयाँ र सिंगल डिस्क कनेक्ट फिचरसहितको मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार