किसान : नौ महिनामा ५० प्रदर्शन

पछिल्लो समय किसानको विरोधको दायरा बढिरहेको छ, किसान अन्य राज्यव्यापी प्रदर्शन पनि गरिरहेका छन्

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

संसद्बाट पारित तीनवटा कृषि विधेयकविरुद्ध किसान सडकमा ओर्लिएका छन् । २५ सेप्टेम्बर ०२० मा देशैभरि प्रदर्शन भयो, तर यो पहिलो प्रदर्शन थिएन । केन्द्रको नीतिको विरोधमा किसान सडकमा ओर्लिएको यो पहिलो परिघटना हुँदै होइन । जनवरीदेखि सेप्टेम्बर ०२० को नौ महिनाबीच २० वटा राज्यमा कम्तीमा पनि ५० ठूला प्रदर्शन भइसकेका छन् । र, यसैबीच पनि चारवटा देशव्यापी प्रदर्शन भएका छन् । अधिकांश प्रदर्शन हरियाणा र पन्जाबमा भएका छन् । २५ सेप्टेम्बर ०२० को प्रदर्शन भने कृषि उपज व्यापार एवं वाणिज्य विधेयक ०२०, कृषक (सशक्तीकरण वा संरक्षण) मूल्य आश्वासन र कृषि सेवामा करार विधेयक ०२० र अत्यावश्यक वस्तु (संशोधन) विधेयक ०२० को खिलाफ प्रदर्शन भएको हो ।

सरकारले अब मन्डी बन्द गर्दै छ भन्ने किसानहरूको सबैभन्दा ठूलो डर हो । यी मण्डीको सञ्चालन कृषि उपज व्यापार कमिटीका माध्यमबाट हुने गर्छ । सरकारले अब किसानसँग तय गरिएको मूल्यमा कृषि उत्पादन किन्नेछैन र त्यसलाई निजी व्यापारीको हातमा सुम्पिँदै छ भन्ने हल्ला छ । त्यसो त केन्द्रीय कृषिमन्त्री बारम्बार के भनिरहेका छन् भने हल्ला भएजस्तो केही पनि हुँदैन । न त न्यूनतम समर्थन मूल्य (एमएसपी) अन्त्य हुनेछ, न त मन्डी मासिनेछ । तर, यसमा न किसानले विश्वास गर्न सकेका छन्, न विपक्षीले । यसैबीच राष्ट्रिय जनतान्त्रिक गठबन्धनको हिस्सा रहेको अकाली दलबाट मन्त्री रहेका हरसिमरत कौरले मन्त्रिमण्डलबाट राजीनामा दिइसकेका छन् । 

यसभन्दा पहिले अगस्टमा अखिल भारतीय किसान संघर्ष समन्वय समितिको आह्वानमा किसानले देशव्यापी प्रदर्शन गरिसकेका छन् । त्यस प्रदर्शनमा २५० वटा किसान संगठनले एकै स्वरमा ‘कर्पोरेट भगाऔँ, देश बचाऔँ’ भन्ने नारा लगाएका थिए । यसै वर्षको जनवरी ०२० मा किसानले प्रदर्शन गरेका थिए । त्यसमा श्रमिक, कर्मचारी, किसान र ग्रामीण मजदुर समावेश थिए र उनीहरूले सरकारको आर्थिक नीतिको विरोध गरे । किसानको आफ्नै मुद्दा छ । जसमा करमाफी, बालीको बिमा योजनालगायत विषय समेटिएका थिए । यस प्रदर्शनमा झन्डै दुई सय किसान र कृषक मजदुर संगठनले समर्थन र सहभागिता जनाए । यसमा ग्रामीण भारत बन्द आन्दोलन समावेश थियो । 

उत्पादन बढेको भए पनि यसले किसानको आम्दानीमा खासै प्रभाव पारेन । किनमेलको नराम्रो व्यवस्थाका कारण पनि किसान असन्तुष्ट छन् । उदाहरणका लागि छत्तिसगढका किसान फरवरीमा धान खरिद प्रक्रियाको विरोधमा सडकमा उत्रिए ।
 

सरकारले संसद्को मनसुन सत्रमा कृषि मात्रै त्यस्तो क्षेत्र हो, जसले कोरोना भाइरस महामारीका वेलामा पनि वृद्धिदर हासिल ग¥यो भनेर भनिरहेको थियो । यति हुँदाहुँदै पनि किसानको समस्या बढिरहेकै छ र उनीहरू धर्ना प्रदर्शनका लागि बाध्य भई नै रहेका छन् । पन्जाबका किसान यस मामिलामा सबैभन्दा अघि छन् । उत्तरपूर्वमा बाढी र चक्रवातका कारण किसानको बालीलाई नोक्सानी पुगेका कारण उनीहरू ऋणमा डुबेका छन् ।

उनीहरू ऋण माफी होस् र मुआब्जा पाइयोस् भनेर प्रदर्शन गरिरहेका छन् । यसका साथै उपज र श्रमको सही मूल्य नपाइएकाले यो ठूलो समस्या बन्न पुग्यो । यस वर्ष उत्पादन बढेको भए पनि यसले किसानको आम्दनीमा खासै प्रभाव पारेन । किनमेलको नराम्रो व्यवस्थाका कारण पनि किसान असन्तुष्ट छन् । उदाहरणका लागि छत्तिसगढका किसान फरवरीमा धान खरिद प्रक्रियाको विरोधमा सडकमा उत्रिए । 

विभिन्न विकास परियोजनाका लागि भूमि अधिग्रहणको मुआब्जा नपाइनाले पनि किसान विरोधमा छन् । उदाहरणका लागि गुजरातका किसान, बुलेट ट्रेन परियोजनाका लागि भूमि अधिग्रहणको विरोध गरिरहेका छन् । समाचारअनुसार किसानहरू बिजुली बिल ०२० मा संशोधनको माग गरिरहेका छन् । ६ हजारदेखि १८ हजारसम्म पिएम–किसान आय सहायता योजनामा वृद्धि र किसानका साथ कृषि मजदुरको न्यूनतम आयलाई बढाउनुपर्ने माग छ । पछिल्लो समय किसानको विरोधका दायरा बढिरहेका छन् ।

किसानहरू कृषि विधेयकका खिलाफ सडकमा उत्रिनुका साथ–साथै अन्य राज्यव्यापी प्रदर्शन पनि गरिरहेका छन् । उदाहरणका लागि कर्नाटकका किसान संगठनले राज्य र संघीय सरकारको किसानविरोधी नीतिको विरोधमा २८ सेप्टेम्बरमा राज्यव्यापी बन्दको आह्वान गरेका थिए । तीन कृषि विधेयकका साथै किसानहरू कीटनाशक प्रबन्धन विधेयक ०२० को पनि विरोध गरिरहेका छन् । 

(पाण्डे पर्यावरण संसाधन एकाइ, विज्ञान तथा पर्यावरण केन्द्र नयाँदिल्लीकी कार्यक्रम निर्देशक हुन्)डाउन टु अर्थबाट 

सुझावित समाचार