आइटीमा दक्ष बनाउन ६ सय शिक्षकलाई तालिम दिँदै प्रदेश १ सरकार

बिहिबार, ८ असोज, २०७७
डिजिटल संस्करण

सूचना प्रविधिमा दक्ष बनाउन प्रदेश १ सरकारले ६ सय शिक्षकलाई तालिम दिन थालेको छ । विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका कार्यान्वयन गराउन प्रदेश सरकारले  पहिलो चरणमा ६ वटा स्थानीय तहसँग साझेदारी गरेर  ६ सय शिक्षकलाई  सूचना प्रविधिसम्बन्धी तालिम दिन थालेको हो ।  

प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार तालिममा सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई आधारभूत कम्प्युटर  तथा सूचना प्रविधि शिक्षासम्बन्धी ज्ञान दिइनेछ । तालिम असोज दोस्रो सातादेखि आयोजना हुनेछ ।   

पहिलो चरणको तालिमका लागि  झापाको अर्जुनधारा र मेचीनगर नगरपालिका, इलामको  सूर्योदय नगरपालिका, मोरङको पथरीशनिश्चरे नगरपालिका, सुनसरीको इटहरी उपमहानगरपालिकासँग सम्झौता गरिसकेको छ । बिहीबार उदयपुरको त्रियुगा नगरपालिकासँग पनि सम्झौता हुँदै छ ।  

सुझावित समाचार