महाभारत युद्धमा कृष्णले गुरु द्रोणाचार्यको वधका लागि कस्तो रणनीति तयार गरेका थिए भन्ने तपाईंहरूलाई थाहै होला । छोरा अश्वत्थामा द्रोणका कमजोरी थिए । अश्वत्थामा एक शूरवीर योद्धा थिए । कृष्णले भीमलाई अश्वत्थामा नामक हात्तीको वध गर्न लगाए र अश्वत्थामा मारियो भन्ने हल्ला फिँजाए । गुरु द्रोणलाई उनको छोरा अश्वत्थामा मारियो भन्ने लाग्यो । तर, उनले यो कुरा युधिष्ठिरले भनेपछि मात्रै विश्वास गरे । न्यायका प्रतीक धर्मराज युधिष्ठिरले ‘अश्वत्थामा हतो... नरो वा कुन्जरो’ भने । तर, द्रोणले केवल ‘अश्वत्थामा हतो...’ मात्रै सुन्न भ्याए । किनभने त्यति नै वेला कृष्णले शंखनाद गरिदिए । त्यसपछि द्रोणले हतास भएर आफ्नो शस्त्र विसर्जन गरिदिए र कृष्णको रणनीतिअनुसार मारिन पुगे ।
यो पौराणिक कथा मलाई त्यति वेला झल्झली हुन्छ, जति वेला नरेन्द्र मोदी सरकारका मन्त्रीहरूको अभिव्यक्ति सुन्छु । भलै यस्तो अभिव्यक्ति एलएसीका विषयमा चीनका साथ चिसोपना बढ्दै गरेका वेला दिइएको होस्, कोभिड–१९को महामारीसँग लड्नका लागि दिइएको होस् अथवा अर्थ व्यवस्थाको खस्किँदो अवस्थामाथि दिइएको होस् वा शासन व्यवस्थाका मामिलामा नै किन नदिएको होस् । लाग्छ, उनीहरू सबै युधिष्ठिरले जसरी बोलिरहेका छन् र कृष्ण त्यति नै वेला कान फुट्ने गरी शंख फुकिरहेका छन् ।
रक्षामन्त्री राजनाथ सिंहले लोकसभामा चीनका बारेमा जे बयान दिए, त्यसको एक–एक शब्द साँचो थियो । उनले गर्जिंदै भनेका थिए, ‘संसारको कुनै पनि शक्तिले हामीलाई लद्दाखको सीमामा पेट्रोलिङ गर्नका लागि रोक्न सक्दैन ।’ तर, चीनले हामीलाई लद्दाखको देपसाङ र गोगराका कैयौँ पारम्परिक स्थलमा जान रोकिदियो । तपाईंले अझै पनि पूर्व–सत्य सुन्नुभएको छैन भने उनको अभिव्यक्तिको चिन्ता नगर्नुस् ।
रक्षामन्त्रीले संसद्को दुवै सदनमा जोड दिएर भने, ‘चीनले अतिक्रमणको प्रयास गर्यो । तर त्यसलाई हामीले असफल तुल्याइदियौँ ।’ पिएलएले पैन्गोङ झिलको उत्तरी किनारमा फिंगर ८ देखि ४ सम्मको क्षेत्रमा कब्जा गरेको छ भन्ने समाचार झुटो हो र ? रक्षामन्त्रीले यस्तो त भनेनन् । भनेपछि उनले प्रधानमन्त्री मोदीले दिएको १९ जुनको अभिव्यक्तिलाई दोहोर्याइरहेका थिए ।
मोदीले भनेका थिए– ‘भारतको कुनै पनि क्षेत्रमा घुसपैठ भएको छैन । हुँदै होइन ।’ रक्षामन्त्रीले यस्तो भने र ? होइन, हुँदै होइन । फेरि पनि भन्छु, राजनाथ सिंहको एक–एक शब्द तथ्यात्मक रूपमा सही थियो । महाभारतमा युधिष्ठिरले अश्वत्थामा मारिएको पुष्टि गरेका थिए, तर तुरुन्तै आफ्नो सत्यवादिता प्रमाणित गर्न सत्य पनि भनेका थिए । तर, मोदी सरकारमा युधिष्ठिरका अवतारहरू त ‘अश्वत्थामा हतो...’ भनेर रोकिन्छन् ।
कोभिड–१९ रोकथामका लागि सुरुमै लकडाउन लागू गरेर यस मामिलामा १४–२९ लाख मामिला र ३७–७८ हजार मृत्युलाई रोक्न सफल भइयो भनेर स्वास्थ्यमन्त्री हर्षवर्धनले संसद्को दुवै सदनमा भने । यो अनुमान संख्यात्मक एवं कार्यक्रम कार्यान्वयन मन्त्रालयको एउटा अध्ययनबाट अगाडि आएको छ । तर, यहाँ मुद्दा नै बेग्लै छ ।
महाभारतमा युधिष्ठिरले अश्वत्थामा मारिएको पुष्टि गरेका थिए, तर तुरुन्तै आफ्नो सत्यवादिता प्रमाणित गर्नका लागि सत्य पनि भनेका थिए, तर मोदी सरकारमा युधिष्ठिरका अवतारहरू त ‘अश्वत्थामा हतो...’ भनेर रोकिन्छन्
मन्त्री महोदय अर्को सरकारी संस्थान इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको सरोलजिकल सर्वेका बारेमा किन मौन छन् त ? सर्वे भन्छ, सुरुमा झन्डै ६४ लाख मानिस कोभिड संक्रमित भइसकेका थिए, यो संख्या चार महिनापछि आज संक्रमित मानिसको सरकारी संख्याभन्दा १० लाख धेरै हो । भनेपछि हामीले कुन सर्वेमा विश्वास गर्ने ? त्यसमाथि जुन मन्त्रालयले गणितीय मोडेलमा आधारित रहेर जारी गरेको हो अथवा त्यसमाथि जुन शीर्ष बायो–मेडिकल अनुसन्धानद्वारा सेरोलजिकल सर्वेमा आधारित हो ।
भन्नुको अर्थ स्वास्थ्यमन्त्रीले एउटा मात्रै सर्वेमा टेकेर बयान दिए– अश्वत्थामा हतो... । हिजोआज जोकसैले पनि किसानको कुरा गरिरहेका छन् । लोकसभामा एउटा प्रश्नको लिखित जवाफमा कृषिमन्त्रीले भने– किसानको आय २०२२ सम्म दुई गुणा गर्ने लक्ष्य राखिएको छ र यसको आधार वर्ष २०१५–१६ राखिएको छ । कमिटीको अनुमानका अनुसार सन् २०१५–१६ मा एउटा कृषि परिवारको औसत वार्षिक आय त्यस वर्षको आधार मूल्यका हिसाबले भारतीय रुपैयाँ ९६ हजार ७०३ थियो ।
त्यसो त छुट्टाछुट्टै राज्यमा यो तथ्यांक भिन्न–भिन्न छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मोदीले कालातीत विवेकको वरदान पाएको भने, जसलाई ‘राजा कालस्य कारणम’ भनिन्छ । त्यो विवेक जुन भीष्म पितामहले युधिष्ठिरलाई दिएका थिए । मोदीको ७०औँ जन्मदिनमा आदित्यनाथले मोदीको महिमागान गर्दै भनेका थिए– ‘राजा कहिल्यै पनि परिस्थितिको दास हुँदैन, उसले आफ्नो कर्मद्वारा परिस्थितिको निर्माण गर्ने गर्छ । तर, लाग्छ, सरकारमा सामेल कैयौँले यसलाई गलत बुझेका छन् ।
तृणमूल कांग्रेसका सांसद सौगत रायले सरकारलाई सोधे, ‘नेपाल, चीन र बंगलादेशजस्ता छिमेकी देशसँग हाम्रो द्विपक्षीय सम्बन्ध बिग्रेको छ ? मोदीले पछिल्लो लोकसभामा यस प्रश्नको उत्तर दिँदै भने– ‘बिल्कुलै होइन ।’ उनको उत्तर दार्शनिक ह्यारी जी फ्रैन्कफर्टको ‘बकवास’ सिद्धान्तसँग मेल खान्छ । झुट बोल्नेलाई साँचो बोल्नेसँग अप्ठेरो हुन्छ भन्ने उनको भनाइ थियो । तर, ‘बकवास’ गर्नेलाई सत्य कुराको कुनै पर्वाह हुँदैन ।
(सिंह द प्रिन्टका राजनीतिक सम्पादक हुन्) द प्रिन्टबाट