कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

मंगलबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

१८ भदौमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले साउन ०७४ देखि रोक लगाइएको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेकी थिइन् ।

सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने निर्णय तत्काल कार्यान्वयन नगर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई अल्पकालीन आदेश दिएको छ । न्यायाधीश सुष्मलता माथेमाको इजलासले सोमबार यस्तो आदेश दिएको हो ।

सर्वोच्चले मन्त्रालयलाई ८ असोजमा छलफलका लागि उपस्थित हुन आदेश पनि दिएको छ । अधिवक्ता सन्तोष भण्डारीसहितले उक्त सरकारी निर्णयविरुद्ध रिट दर्ता गरेका थिए । मन्त्रालयको निर्णय भू–उपयोग ऐन–२०७६ विपरीत रहेको रिटमा उल्लेख छ ।

१८ भदौमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले साउन ०७४ देखि रोक लगाइएको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेकी थिइन् । मन्त्रालयले उक्त निर्णय कानुनको सहज कार्यान्वयनका लागि लिएको बताएको थियो । तर, यस निर्णयले कृषियोग्य जमिन घडेरीमा परिणत हुने जोखिम बढाएको रिटमा उल्लेख छ ।

सुझावित समाचार