स्वदेश फर्कन चाहने नेपाली ल्याउने अन्तर्राष्ट्रिय उडानको संख्या बढाउने सरकारकाे निर्णय

बिहिबार, २५ भदौ, २०७७
डिजिटल संस्करण

सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल ल्याउन अन्तर्राष्ट्रिय उडान थप गर्ने भएको छ । 

पिसिआर रिपोर्ट नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा विमान सेवा कम्पनीहरूले थप उडान गरेमा अनुमति दिने नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । 

भट्टराईले उपप्रधानमन्त्री, पराराष्ट्रमन्त्री, पर्यटनमन्त्री एवं श्रममन्त्रीको छलफलबाट यस्तो निर्णय भएको र उपप्रधानमन्त्री तथा प्रधानमन्त्रीबीचको छलफलपछि यस्तो निर्णय लिइएको पनि जनाएका छन् । 

उनले कुनै पनि कम्पनीले कम्पनीकै खर्चमा कामदार नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखी उडान अनुमति दिने पनि जनाएका छन् । 

नियमित उडान नभएका देशहरूमा पिसिआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गर्ने उनले जानकारी दिएका छन् ।

सुझावित समाचार