युथ कांग्रेस नेपालले १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । युथ कांग्रेसको आइतबार बसेको बैठकले केन्द्रीय समिति घोषणा गरेको हो ।
युथ कांग्रेस नेपालले तीन वर्षदेखि लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रत्याभूतिका लागि विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । केन्द्रीय समितिको संयोजकमा सचिन तिमल्सेना, महामन्त्रीमा महेश दुलाल र सदस्यहरूमा विद्युत् लामिछाने, मनोज पुरी, सगुन कँडेल, सुजता गुरुङ, प्रकाश परिया, भुवन गिरी, डा. रितेश थापा, शंकर कुइँकेल, दिलनवाज शेख, साइरस शर्मा, अस्मिता साह, यजस्वी राई र विनोद देउवा ठकुरी छन् ।