डडेल्धुराको आलिताल गाउँपालिका– ३ मा अरिँगालले टोक्दा एक बालिकाको मृत्यु भएको छ । स्थानीय ज्ञानेन्द्र धामीकी साढे तीन वर्षकी छोरी नवीना धामीको मृत्यु भएको उनका आफन्त रघुवीर धामीले बताए ।
अरिँगालले टोकेर सिकिस्त बनेकी बालिकालाई उपचारका लागि लैजाँदै गर्दा शनिबार बिहान मृत्यु हो । बालिकालाई करिब २०–३० वटा अरिँगालले टोकेको आफन्त रघुवीरले जानकारी दिए ।