२० हजार घुससहित वडाध्यक्ष पक्राउ

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

रुपन्देहीको रोहिणी गाउँपालिका– २ का वडाध्यक्ष सरोजकुमार पाण्डे २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले उनलाई बिहीबार वडा कार्यालयबाटै पक्राउ गरेको हो ।

अनुदान मिलाइदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ ।

सुझावित समाचार